काठमाडौं । इटालियन सिरी ए फुटबलमा लाजियोले इन्टर मिलानलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा लाजियोले इन्टरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
लाजियोले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको १२ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ६४ औं मिनेटमा सिरो इम्मोबाइलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८१ औं मिनेटमा फिलिपे एण्डरसनले गोल गर्दै लाजियोलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा मिलिनकोभिच साभिकले गोल गर्दै लाजियोलाई ३-१ को जित दिलाए ।
यस्तै इन्जुरी समयमा फिलिपे रामोसले रातो कार्ड पाएपछि लाजियो १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै पाँचौं स्थानको लाजियोले ८ खेलमा १४ अंक जोडेको छ ।
इन्टर १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।