काठमाडौं । भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् ।
माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध गोल गर्दै सुनिलले मेस्सीसँग बराबरी गरेका हुन् ।
नेपालविरुद्धको गोलसँगै सुनिलले ८० अन्तराष्ट्रिय गोल पूरा गरे । र, उनले मेस्सीको गोल संख्यासँग बराबरी गरे ।
३७ वर्षीय सुनिलले १ सय २४ खेलमा ८० गोल गरेका हुन् ।
मेस्सीले १ सय ५६ खेलमा ८० गोल गरेका हुन् ।
कप्तान सुनिल सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने हाल सक्रिय फुटबल खेलाडीको सूचीको तेस्रो स्थानमा रहेका छन् ।
सुनिल अघि पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी रहेका छन् ।
रोनाल्डोले १ सय १५ गोल गरेका छन् ।
कप्तान सुनिलको एक गोलसँगै भारतले नेपाललाई ३-० ले हराएर साफको उपाधि जितेको छ ।