काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई हराएको छ ।
शनिबार राति भएको खेलमा लेस्टरले युनाईटेडमाथि ४-२ गोलको सानदार जित निकालेको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर लेस्टरले जित निकालेको हो ।
खेलको १९ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
३१ औं मिनेटमा युरी टेलिमान्सले गोल गर्दै लेस्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७८ औं मिनेटमा काग्लर सोयुन्सुले गोल गर्दै लेस्टरलाई २-१ को अग्रता दिलाए ।
८२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ८३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा पाट्सन डाकाले गोल गर्दै लेस्टरलाई ४-२ गोलको जित दिलाए ।
जितसँगै लेस्टरले ८ खेलमा ११ अंक जोडेको छ । लेस्टर ११ औं स्थानमा रहेको छ ।
युनाईटेड १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।