काठमाडौं । इटालियन क्लब एसी मिलानका डिफेन्डर थियो हर्नान्डेजलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
मिलानले बुधबार थियोलाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।
राष्ट्रिय टिमबाट फर्किएपछि गरिएको परिक्षणमा उनलाई कोरोना देखिएको हो ।
फ्रान्सले नेसन्स लिगको उपाधि जित्दा उनी टिममा महत्वपूर्ण सदस्य थिए ।
कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेका छन् ।
मिलानले उनको स्वास्थ्यमा कुनै समस्या नरहेको समेत जनाएको छ ।