काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले बंगलादेशविरुद्ध जितकै लागि मैदान उत्रिएको बताएका छन् ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध बुधबार १-१ गोलको बराबरीपछि बोल्दै रोहितले जित्नकै लागि खेलको बताएका हुन् ।
'आजको खेल कठिन थियो । बंगलादेशले पनि जितका लागि खेलेको थियो । हामीले पनि जितका लागि नै खेलेका थियो । हामीले एक अंक प्राप्त गर्यौं । हाम्रो लागि एक अंक पर्याप्त थियो,' रोहितले भने ।
बंगलादेशसँग बराबरीमा रोकिएपनि नेपाल साफको फाइनल प्रवेश गरेको छ । नेपाल पहिलो पटक साफको फाइनल पुगेको हो ।
यस्तै रोहितले पहिलो पटक साफको फाइनल पुग्दा खुशी लागेको बताए । उनले उत्कृष्ट नतिजालाई कायम राख्ने समेत बताए ।
'हामी खुसी छौ कि हामी फाइनलमा प्रवेश गर्यौ । मलाई लाग्छ यो साफ च्याम्पियनसिपमा पहिलो पटक हो,' रोहितले भने, 'त्यसैले हामी असाध्यै खुसी छौ । हामी यो मोमेन्टमलाई जारी राख्ने छौ।'