एजेन्सी । रोमेलु लुकाकु चम्किएको खेलमा चेल्सीले च्याम्पियन्स लिगको यस सिजनको पहिलो खेलमा जित दर्ता गरेको छ ।
मंगलबार राति चेल्सीले रुसी क्लब जेनिट सेन्ट पिटर्सबर्गलाई १–० ले हराएको हो ।
चेल्सीको जितमा एकमात्र गोल लुकाकुले गरे । उनले ६९ औं मिनेटमा सिजर अजपिलिकुएटाले उपलब्ध गराएको पासमा गोल गरेका थिए ।
सिजरको क्रसमा लुकाकुले हेडमार्फत चेल्सीका लागि गोल गरेका थिए ।
लुकाकुले चेल्सीका लागि च्याम्पियन्स लिगमा पहिलो गोल गरेका हुन् । उनले चेल्सीका लागि पछिल्ला ४ खेलमा ४ गोल गरेका छन् ।
लुकाकु कीर्तिमानी रकममा यसै सिजन चेल्सी आएका हुन् । इन्टर मिलानलाई कीर्तिमानी मुल्य तिरेर चेल्सीले लुकाकुलाई क्लबमा फर्काएको हो ।
साविक विजेता चेल्सीले जित सहित नयाँ सिजनको उपाधि रक्षाको अभियान सुरु गरेको छ ।