काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेड स्विस क्लब योङ ब्वाइजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
१० खेलाडीमा समेटिएको युनाईटेडले सुरुवाती अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो ।
खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरे ।
रोनाल्डोको यो १ सय ३५ औं च्याम्पियन्स लिग गोल हो ।
रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । रोनाल्डोले इकर क्यासिलासले १ सय ७७ खेलको कीर्तिमान बराबरी गरेका हुन् ।
३५ औं मिनेटमा युनाईटेड १० खेलाडीमा समेटियो । क्रिस्टोफर मार्टिनलाई फउल गरेपछि युनाईटेडका आरोन वान बिसाकाले रातो कार्ड पाएका थिए ।
खेलको ६६ औं मिनेटमा योङका निकोलसले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा थियोसन जोर्डनले गोल गर्दै योङलाई २-१ को जित दिलाए ।
जितसँगै समूह एफको योङले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । युनाईटेडले हारबाट सुरुवात गरेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत नै समूह जीको खेलमा सेभिया र साल्जवर्गले १-१ गोलको बराबरी खेलेका छन् ।