काठमाडौं । अब समूह ‘ई’ र ‘एफ’ को पालो । खेलपाटीले आजदेखि सुरु हुने नयाँ सिजनको युरोपेली च्याम्पियन्स लिगको समूह चरणको विश्लेषण गरिरहेको छ । यसैको तेस्रो भाग ।
समूह ‘ई’
बायर्न म्युनिखका लागि यो समूह सजिलो हुन सक्नेछ, भलै यसमा तीन पूर्व विजेता र एक पूर्व सेमिफाइनल खेलेको टिम रहेको छ ।
बार्यनले पछिल्लो समय बार्सिलोनाको सामना गर्दा ८–२ को अविश्वसनीय जित निकालेको थियो । तय के छ भने बार्यनले यसपल्ट लगातार दसौं पल्ट घरेलु बुंडेसलिगा जित्ने छ ।
त्यसैले बायर्नको वास्तविक परीक्षा च्याम्पियन्स लिगमै हो ।
सन् २००३ यता बार्सिलोनाले लियोनल मेसीविना च्याम्पियन्स लिग खेल्दैछ । बार्सिलोना आफै पनि ठीक समयबाट गुज्रिरहेको छैन् ।
यो समूहमा शीर्ष दुई स्थानका लागि भिडन्त हुने बायर्न र बार्सिलोनाबीच नै हो । डायनाको किभ र बेनफिकाको खासै सम्भावना छैन्, भलै उनीहरू आ–आफ्नो घरेलु लिगमा बलियो छन् ।
समूहमा स्थानको अनुमान : १. बायर्न म्युनिख, २. बार्सिलोना, ३. डायनामो किभ र ४. बेनफिका ।
समूह ‘एफ’
गत सिजन म्यानचेस्टर युनाइटेड समूह चरणबाटै बाहिरिएको थियो । तर यसपल्ट यस्तो नहोला, किनभने यसपल्टको टिम फेरिएको छ ।
टिममा आएका छन्, राफेल भराने, जाडोन सान्चोदेखि लिएर क्रिस्टियानो रोनाल्डोसम्म । म्यानचेस्टरले हेलचक्राइ गर्न सक्ने समूह भने होइन्, यो ।
भिल्लारियल गत सिजन स्पेनी ला लिगाको सातौं स्थानमा थियो ।
तर यो युरोपेली क्लब प्रतियोगितामा महारथ प्राप्त क्लब हो ।
युरोपा लिगको फाइनलमा यही भिल्लारियलले म्यानचेस्टरलाई हराएको थियो । एटलान्टा पनि आफैमा बलियो छ, इटालीको घरेलु फुटबलमा यो शक्तिका रूपमा अगाडि आइरहेको छ ।
यो समूहको चौथो टिम योङ ब्वाइजको काम सायद आफ्नो उपस्थिति मात्र जनाउने हुनेछ ।
समूहमा स्थानको अनुमान : १. म्यानचेस्टर युनाइटेड, २. एटलान्टा, ३. भिल्लारियल र ४. योङ ब्वाइज ।
र, यो पनि ...
च्याम्पियन्स लिग : समूह चरणमा को कति बलियो ? (भाग १)
च्याम्पियन्स लिग : समूह चरणमा को कति बलियो ? (भाग २)