केही ब्राजिली पदाधिकारी मैदान प्रवेश गर्दै अर्जेन्टिनाका लागि चार खेलाडीलाई देश निकाला गर्नु पर्ने बताएका थिए । उनीहरूको दाबी थियो, यी खेलाडीले ब्राजिलको ‘क्वारेन्टाइन’ को नियम तोडेका छन् ।
अनि तय के पनि छ भने फिफाले जे निर्णय गरे पनि त्यो सर्वमान्य हुने छैन् र त्यसको कुनै न कुनै पक्षले विरोध गर्ने नै छ । विश्व फुटबलको ब्यस्त कार्यक्रमका कारण पनि यो रद्द खेल दोहराए हुने सम्भावना निकै कम मात्र छ ।
दक्षिण अमेरिकी फुटबल महासंघ आफै पनि खेल रद्द भएकोमा खुसी छैन् र उसको मान्यता छ, अर्जेन्टिनी ती चार खेलाडी केही भुल गरेको छैन् ।
अनि अर्जेन्टिनी फुटबल संघ पनि के तथ्यमा विश्वस्त छ भने उसको टिमलाई रद्द खेलको विजेता घोषित गरिनेछ । त्यसको अर्थ उसले तीन अंक पाउने छ ।
संघको दाबी छ, खेल रद्द गर्ने निर्णय नितान्त ब्राजिली पदाधिकारीको निर्णय हो ।
यो निर्णय पछाडी कुनै फुटबलको कारण छैन । ब्राजिली फुटबल संघ भने आफै दबाबमा देखिएको छ र उसले के भनेको छ भने खेल रद्द हुनु पछाडि उसको कुनै दोष छैन्, यो त सरकारी पदाधिकारीको काम हो ।
यी सबै दाबी र प्रस्तुत कारणले देखाउँछ, ब्राजिलले तीन अंक गुमाउँदैछ ।
–मार्काको सहयोगमा ।