एजेन्सी । विश्वकपको युृरोपियन छनोटमा जर्मनीले जित निकाल्दा इटाली बराबरीमा रोकिएको छ ।
बिहिबार राति जर्मनीले लिचेस्टाइनमाथि २–० ले जित निकाल्दा इटालीले बुल्गेरियासंग १–१ गोलको बराबरीमा रोकिएको हो ।
जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकको पहिलो खेलमा जर्मनीलाई जित दिलाउन टिमो वार्नर र लिरो सानेले समान एक एक गोल गरे ।
सन् २०२० को युरोकपपछि जोचिम लेउलाई स्थानान्तरण गर्दै बार्यन म्युनिखका पूर्व प्रशिक्षक फ्लिक जर्मनीको राष्ट्रिय टिम सम्हाल्न आईपुगेका हुन् ।
जर्मनी अझै समूह जेमा अर्मेनियाभन्दा एक अंक पछि छ । अर्मेनियाले नर्दन मासिडोनियासंग गोल रहित बराबरी खेल्दै अंक बाँड्यो ।
यस्तै, समूह सीको खेलमा इटालीले बुल्गेरियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । युरोकपको उपाधि विजेता इटालीले घरेलु मैदानमा बुल्गेरियासंग निराशाजनक बराबरी खेलेको हो ।
अंक बाँडेको इटालीले आफ्नो अपराजित यात्रालाई ३५ खेलसम्म पुर्याएको छ । उसले स्पेनको अपराजित कीर्तिमानलाई बराबरी भने गरेको छ ।
फेडरिको चिएसाले रोबर्टो मानसिनी नेतृत्वका इटालीलाई अग्रता दिलाएका थिए । तर इटालीको दोस्रो डिभिजन खेलिरहेका अतनास इलिवले बुल्गेरियाका लागि बराबरी गोल फर्काए ।
इटाली हाबी रहेको खेलमा २७ प्रहार गरेको थियो । तर समूह सीको शीर्ष स्थानको इटालीले एक अंकमा चित्त बुझाउन पर्यो ।
समूहमा इटालीको १० अंक छ । दोस्रो स्थानको स्विटजरल्याण्ड भन्दा इटालीको चार अंक बढी छ । स्विटजरल्याण्डले मात्र दुई खेल खेलेको छ ।
तेस्रो स्थानको नर्दन आयरल्याण्डले लियुनियामाथि ४–१ को जित आत्मसाथ गर्यो ।
यो पनि, लुकाकु चम्कदा बेल्जियमको जित