एजेन्सी । इंग्लिस क्लब एस्टन भिल्लाले युवा विंगर लियोन बेलीलाई अनुबन्धित गरेको छ ।
एस्टनले युवा विंगरलाई जर्मन क्लब बायर लिभरकुसेनबाट अनुबन्ध गरेको हो ।
जमैकाका २३ वर्षीय लियोन २०१७ मा जेन्कबाट लिभरकुसेन आएका थिए ।
लियोनले लिभरकुसेनका लागि १ सय १९ खेलमा २८ गोल गरेका छन्।
जमैकाका लागि उनले १० खेलमा १ गोल गरेका छन् ।