एजेन्सी । प्रि-सिजनको तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बायर्न म्युनिख पराजित भएको छ ।
शनिबार भएको खेलमा बायर्न इटालियन क्लब नापोलीसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेनले दुई गोल गरे । जिनेदिन माचाकले एक गोल गरे ।
बायर्नको मैदानमा खेलको ६९ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
७१ औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा जिनेदिनले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।