• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रशिक्षणमा फर्किए अलमुताइरी
खेलपाटी संवाददाता
शनिबार, साउन १६, २०७८ खेलपाटी संवाददाता
प्रशिक्षणमा फर्किए अलमुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी टिमको प्रशिक्षणमा फर्किएका छन् ।

गत आइतबार राजीनामा दिने घोषणा गरेपछि अलमुताइरी टिमको प्रशिक्षणमा सामेल भएका थिएनन् ।

तर, अलमुताइरी शनिबारबाट टिमको प्रशिक्षणमा फर्किएका हुन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीको दुई टिमबीचको मैत्रीपूर्ण खेलमा अलमुताइरी मैदान उत्रिएका थिए । अलमुताइरीले विजेता टोली टिम नितिनबाट खेलेका थिए । 

पछिल्लो समय अलमुताइरी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई संचारकर्मीसँगको विवादमा तानिएका थिए ।

प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजाल फेसबुकबाट नेम्बाङको कारण आफुले राजीनामा दिने लागेको बताएका थिए । तर, एन्फालाई राजीनामा पत्र भने बुझाएका थिएनन् ।

अलमुताइरीले उक्त विवादबारे छानबिनको माग गर्दै एन्फामा निवेदन समेत दर्ता गराएका थिए ।

विवाद मिलाउन एन्फाले शुक्रबार कार्यसमितिको बैठक बोलाएको थियो । उक्त बैठकले घटनाको उच्चस्तरीय छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

एन्फा प्रवक्ता किरण राईले शुक्रबार छानविन सकिएपछि मात्र प्रशिक्षक प्रशिक्षणमा फर्कने बताएका थिए । 

शनिबार खेलाडीबीचको मैत्रीपूण खेलमा भने अलमुताइरी सहभागी भए । एन्फाले अलमुताइरी मैत्रीपूर्ण खेलका लागि मात्र मैदानमा देखिएको बताएको छ । 

अलमुताइरी आफैले छानविन सकेर मात्र प्रशिक्षणमा सहभागी हुने इच्छा राखेका छन् । उनले छानविन नसकेसम्म खेलाडीलाई प्रशिक्षण नदिने बताएका छन् ।

तालिका अनुसार एन्फाले शनिबारबाट खेलाडीलाई केही दिनको आराम दिएको छ । लामो समय बन्द प्रशिक्षणमा रहेका खेलाडीले परिवारसंग भेट्न र समय बिताउन माग गरेपछि एन्फाले योजना अनुसार केही दिन खेलाडीलाई आराम दिएको हो ।

खेलाडी प्रशिक्षणमा फर्कने र राजीनामा प्रकरणको छानविन समेत संगै सकिने एन्फाको विश्वास छ । छानविन सकिएपछि अलमुताइरीले खेलाडीलाई नियमित रुपमा प्रशिक्षण दिनेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP