एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले डिफेन्डर क्रिस्टोफर आयरलाई अनुबन्धित गरेको छ ।
ब्रेन्टफोर्डले स्कटिस क्लब सेल्टिकबाट डिफेन्डर क्रिस्टोफरलाई अनुबन्ध गरेको हो ।
नर्वेका डिफेन्डरले प्रिमियर लिगको नव प्रवेशी क्लब ब्रेन्टफोर्डसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२३ वर्षीय सेन्टर ब्याक क्रिस्टोफरले गत सिजन सेल्टिकका लागि ३५ लिग खेलमा २ गोल गरेका थिए ।
उनले सेल्टिकका लागि कुल १ सय ७६ खेलमा ७ गोल गरेका छन् ।
नर्वेका लागि उनले २३ खेल खेलिसकेका छन् ।
ब्रेन्टफोर्डले यस सिजन दोस्रो अनुबन्धको रुपमा क्रिस्टोफरलाई क्लब भित्र्याएको हो ।
ब्रेन्टफोर्डले ७४ वर्ष पछि प्रिमियर लिग खेल्न लागेको छ ।
गत सिजन च्याम्पियनसिपको प्ले अफमा स्वान्सी सिटीलाई पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको थियो ।