एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ।
बुधबार राति भएको मैत्रीपूर्णमा पीएसजीले जर्मन क्लब अग्सवर्गलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
पार्क डी प्रिन्सेस स्टेडियममा पीएसजीलाई जित दिलाउन जुलियन ड्राक्सलरले एक गोल गरे।
पीएसजीले एक गोल आत्मघाती उपहार पायो । अग्सवर्गका फ्लोरियनले एक गोल फर्काए।
जुलियनले ६२ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।
खेलको ६६ औं मिनेटमा अग्सवर्गका फ्लोरियनले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए।
त्यसपछि खेलको ९० औं मिनेटमा अग्सवर्गका जेफ्रीले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले विजयी भयो।