एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजन क्लब जिम्नास्टिकमाथि ४-० को जित निकालेको हो ।
बार्सिलोनाको जितमा रे मानाजले ह्याट्रिक पूरा गरे । एलेक्स कोलाडोको नाममा एक गोल रह्यो ।
१० खेलाडीमा सिमित जिम्नास्टिकविरुद्ध बार्सिलोनाले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो ।
खेलको ३८ औं मिनेटमा एलेक्सले रातो कार्ड पाएपछि जिम्नास्टिक १० खेलाडीमा समेटिएको थियो ।
तर, दोस्रो हाफमा परिवर्तित खेलाडी मानाज चम्किदा बार्सिलोनाले फराकिलो जित निकाल्यो ।
६० औं मिनेटमा मानाजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
खेलको ८५ औं मिनेटमा एलेक्सले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
८६ औं मिनेटमा मानाजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा मानाजले ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।