एजेन्सी । प्रिमियर लिग क्लब नर्विच सिटीका मुख्य प्रशिक्षक डानियल फार्कले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
जर्मन प्रशिक्षकले बुधबार क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
प्रशिक्षक डानियलले थप ४ वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।
४४ वर्षीय प्रशिक्षक डानियल सन् २०२५ सम्म नर्विचमा रहने छन् ।
डानियल सन् २०१७ मा नर्विच आएका थिए ।
डानियलको नेतृत्वमा गत सिजन नर्विचले च्याम्पियनसिपको उपाधि जितेको थियो । र, नर्विच प्रिमियर लिगमा बढुवा भएको हो ।
नर्विचले अगस्ट १४ मा लिभरपुलसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।