काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।
पछिल्लो समय यथास्थितीमा रहेको नेपालको वरियताले यस पटक भने चढेको हो ।
मंगलबारको ताजा तथ्याङ्ग अनुसार नेपालले तीन स्थान सुधार गर्दै १ सय ६८ औं स्थानमा पुगेको छ ।
दैनिक अपडेट हुने वरियता अनुसार नेपालले तीन स्थान सुधार गरेको हो । यसअघि राष्ट्रिय पुरुष फुटबल टिम १ सय ७१ औं स्थानमा रहेको थियो । मंगलबारको ताजा वरियतामा नेपाल १ सय ६८ औं स्थानमा छ ।
यसै महिना तीन फिफा विश्वकप छनोट र एक मैत्रिपूर्ण खेलमा सुधारिएको प्रदर्शन गरेको नेपालकाे वरियतामा सुधार देखिएको हो ।
फुटबल र्याङ्किङ डटकमले जनाए अनुसार नेपालले ९ सय ६८ अंक प्राप्त गरेको छ । गत साता नेपालले चाईनीज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो । सोही नतिजाको आधारमा नेपालले आफ्नो बरियता सुधार गरेको हो ।
फिफाले हरेक महिना आफ्ना सदस्य राष्ट्रको वरियता सार्वजीक गर्ने गर्छ ।
नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल उपाधि जितेको थियो । तर नेपालको बरियतामा कुनै सुधार आएको थिएन ।
केही हप्ता अघि मात्र नेपाली टिम इराकसँग मैत्रीपूर्ण खेलमा ६–२ गोल अन्तरले पराजित भएको थियो ।
यस्तै, फिफा विश्वकप छनोट खेलमा चाइनिज ताईपेलाई २–० ले पराजित गरेको नेपालले जोर्डन र अष्ट्रेलियासँग समान ३–० गोल अन्तरको हार ब्यहोरेको थियो ।