एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले कोपा अमेरिका आयोजनाको लागि अनुमति दिएको छ ।
कोपा अमेरिका रोक्नका लागि परेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रतियोगिता आयोजना गर्न सकिने फैसला गरेको हो ।
तर, अदालतले कोरोना प्रोटोकलको पालना अनिवार्य गर्नु पर्ने जनाएको छ ।
कोपा अमेरिका रोक्न मागसहित अदालतमा तीन मुद्दा दर्ता भएको थियो ।
अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय भएको कोपा अमेरिका कोरोनाकै कारण ब्राजिलमा सारिएको थियो ।
तर, ब्राजिलियन खेलाडी नै कोपाको विरोधमा देखिएका थिए । कोरोना महामारीको समय स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने उनीहरुको माग रहेको छ ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।
उद्घाटन खेलमा ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने तय छ ।