एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाले अर्जेन्टिनाका मिडफिल्डर इमिलियानो बुएनडियालाई अनुबन्धित गरेको छ ।
भिल्लाले बिहीबार नर्विच सिटीका मिडफिल्डर इमिलियानोलाई अनुबन्ध गरिएको जनाएको छ ।
भिल्लाले इमिलियानोलाई क्लबको कीर्तिमानी मूल्य ३८ मिलियन पाउण्डमा अनुबन्धित गरिएको जनाएको छ ।
इमिलियानोले भिल्लासँग पाँच वर्षको सम्झौता गरेका छन् ।
आर्सनल जाने चर्चा चलिरहेको बेला भिल्लाले इमिलियानोलाई अनुबन्ध गरेको हो ।
२४ वर्षीय मिडफिल्डरले यस सिजन च्याम्पियनसिपमा ३९ खेलमा खेल्दै १५ गोल गरेका छन् । उनले १६ असिस्ट समेत गरेका थिए ।
इमिलियानो यस सिजनको च्याम्पियनसिपमा प्लेयर अफ दि सिजन समेत चुनिएका थिए ।