एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डच मिडफिल्डर जर्जिनियो विनाल्डमलाई अनुबन्धित गरेको छ ।
पीएसजीले बिहीबार विनाल्डमलाई अनुबन्ध गरिएको जनाएको छ ।
विनाल्डमलाई फ्री ट्रान्सफरमा पीएसजीले अनुबन्ध गरेको हो ।
विनाल्डमले पीएसजीसँग तीन वर्षको सम्झौता गरेका छन् ।
यस सिजनको अन्त्यसँगै लिभरपुलसँग विनाल्डमको सम्झौता सकिएको छ ।
विनाल्डमले लिभरपुलका लागि २ सय ३७ खेल खेलेका छन् ।
उनले लिभरपुलबाट च्याम्पियन्स लिग र प्रिमियर लिग जितेका थिए ।
३० वर्षीय मिडफिल्डर यति बेला युरोकपका लागि डच टिमसँग रहेका छन् ।