एजेन्सी । इंग्ल्यान्डका डिफेन्डर ह्यारी मग्वाएर युरोकप खेल्ने टिमको प्रशिक्षणमा सामेल भएका छन् ।
डिफेन्डर मग्वाएर बिहीबारबाट टिमको प्रशिक्षणमा सामेल भएका हुन् ।
चोटको कारण सेन्टर ब्याक मग्वाएरले गत मे ९ बाट खेल खेलेका थिएनन् ।
तर, प्रशिक्षक ग्यारेथ साउथगेटले उनलाई युरो खेल्ने टिममा राखेका थिए ।
म्यानचेस्टर युनाईटेडका कप्तान समेत रहेका उनले एंकलको चोट बोकेका थिए ।
युरोकप फुटबल भोलिबाट सुरु हुँदैछ ।
युरोकपमा इंग्ल्यान्ड समूह 'डी' मा रहेको छ ।
यस समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।
इंग्ल्यान्डले आइतबार क्रोएसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।