काठमाडौं । विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले अन्तिम तयारी स्वरूप प्रशिक्षण गरिरहेको छ ।
विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले बिहीबार दशरथ रंगशालामा तयारी गरेको छ ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा नेपाली टिमले तयारी गरिरहेको छ । सहायक प्रशिक्षक किरण श्रेष्ठले अलमुताईरीलाई सहयोग गरिरहेका छन् ।
मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार नै २३ सदस्सीय नेपाली टिमको घोषणा गरिसकेका छन् । तर, प्रशिक्षणमा बन्द प्रशिक्षणमा सहभागी ३२ खेलाडी नै सहभागी छन् ।
नेपाली टिम मैत्रीपूर्ण खेलका लागि जेठ ११ गते इराक प्रस्थान गर्ने छन् ।
नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ ।
नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।
कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।
नेपाली टिम :
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
तस्बिर -एन्फा /विवेक सुवेदी