एजेन्सी । इंग्लिस क्लब क्रिस्टल प्यालेसका मुख्य प्रशिक्षक रोय हड्सनले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।
प्रशिक्षक हड्सनले सिजनको समाप्तिपछि क्लब छाड्ने पुष्टि गरेका छन् ।
७३ वर्षीय प्रशिक्षक हड्सनको क्लबसंगको सम्झौता यस सिजनसँगै सकिदैछ ।
'४५ वर्ष भन्दा बढी बढी प्रशिक्षकको जिम्मेवारीपछि मैले यो निर्णय गरेको छु, यो समय छाड्नका लागि उचित हो,' उनले भनेका छन् ।
इंग्ल्यान्डका पूर्व प्रशिक्षक समेत रहेका हड्सन सन् २०१७ मा क्रिस्टलको मुख्य प्रशिक्षक चयन भएका थिए ।
यस सिजन क्रिस्टल १३ औं स्थानमा रहेको छ ।