एजेन्सी । इंग्लिस क्लब साउथह्याम्पटनले फरवार्ड थियो वालकोटलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
साउथह्याम्पटनले मंगलबार वालकोटलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
३२ वर्षीय वालकोटले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।
इंग्ल्यान्डका फरवार्ड वालकोट गत सिजन एभर्टनबाट लोनमा साउथह्याम्पटन आएका थिए ।
साउथह्याम्पटनका लागि उनले २० खेलमा ३ गोल गरेका छन् ।
इंग्ल्यान्डका लागि उनले ४७ खेलमा ८ गोल गरेका छन् ।