एजेन्सी । इटालियन क्लब युभेन्ट्सले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
युभेन्ट्सले शुक्रबार २०२१/२२ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
सिरी 'ए' च्याम्पियन युभेन्ट्सले नयाँ जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।
युभेन्ट्सको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो ।
युभेन्ट्स यस सिजन उपाधि जित्न असफल भएको छ ।
युभेन्ट्स शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुनका लागि संघर्षरत रहेको छ।