एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले ब्राइटनसँग उसैको मैदानमा खेल्नेछ । सिटी र ब्राइटनबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।
सिटीले यस अघि नै लिगको उपाधि जितिसकेको छ । तर, सिटी ब्राइटनलाई हराउदै अंक तालिका थप फराकिलो बनाउन चाहन्छ ।
शीर्ष स्थानको सिटीले ३६ खेलमा ८३ अंक जोडेको छ ।
सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १३ अंकले अघि रहेको छ ।
ब्राइटन ३८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै म्यानचेस्टर युनाईटेडले फुलहमसँग प्रतिस्पर्धा गर्नेछ ।
युनाईटेडले घरेलु मैदानमा फुलहमको सामना गर्नेछ ।
युनाईटेड ७० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
फुलहम २७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
अर्को खेलमा साउथह्याम्पटन र लिड्सबीच प्रतिस्पर्धा हुनेछ ।