एजेन्सी । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बिल्बाओको मैदानमा रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले निर्णायक गोल गरे ।
खेलको ६८ औं मिनेटमा नाचोले क्यासिमिरोको पासमा गोल गरेका थिए ।
जितसँगै रियलले ३७ खेलमा ८१ अंक जोडेको छ ।
यस जितसँगै दोस्रो स्थानको रियलले उपाधि जित्ने सम्भावना कायम राखेको छ ।
रियल शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ ।
बिल्बाओ ४६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।