एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर एट्लेटिकोले जित निकालेको हो ।
खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८२ औं मिनेटमा रिनन लोडीले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले ३७ खेलमा ८३ अंक जोडेको छ । र, एट्लेटिले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
एट्लेटिको दोस्रो स्थानको रियल मड्रिड भन्दा २ अंकले अघि रहेको छ ।
ओसासुना ४४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।