एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र थियागो अल्कानटाराले एक एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ९० औं मिनेटमा थियागोले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
जितसँगै लिभरपुलले च्याम्पियन्स लिगमा छनोट हुने आशा कायम राखेको छ ।
लिभरपुल ३४ खेलमा ५७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।
साउथह्याम्पटन ३७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।