एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले साम्पडोरियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गरे ।
यस्तै लाउटरो मार्टिनेज, रोबर्टो गाग्लियार्दिनी र आन्द्रे पिनामोन्टीले एक एक गोल गरे ।
साम्पडोरियाका केइटा ब्लेडले एक गोल फर्काए ।
खेलको चौंथो मिनेटमा रोबर्टोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
२६ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए ।
खेलको ३५ औं मिनेटमा केइटाले गोल गर्दै साम्पडोरियालाई २-१ को स्थितिमा ल्याए ।
खेलको ३६ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ को अग्रता दिलाए ।
६२ औं मिनेटमा आन्द्रेले गोल गर्दा इन्टरको अग्रता ४-१ को बन्यो ।
त्यसपछि खेलको ७० औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई ५-१ को सानदार जित दिलाए ।
जितसँगै शीर्ष स्थानको इन्टरले ३५ खेलमा ८५ अंक जोडेको छ ।
इन्टरले लिगको उपाधि भने यस अघि नै जितिसकेको छ ।
साम्पडोरिया ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।