एजेन्सी । रिपब्लिक अफ आयरल्याण्डका पूर्व मिडफिल्डर एलन म्याकलफ्लिनको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित एलनको ५४ वर्षको उमेरमा निधन भएको हो ।
एलनलाई गत मार्चमा क्यान्सर भएको पत्ता लागेको थियो ।
एलनले सन् २०१२ मा मृगौलाको ट्युमरको शल्यक्रिया गरेका थिए ।
पोर्टमाउथका पूर्व मिडफिल्डर समेत रहेका एलनले सन् १९९० मा आयरल्याण्डका लागि डेब्यु गरेका थिए ।
आयरल्याण्डका लागि उनले ४२ खेल खेलेका थिए ।
९ वर्षे अन्तराष्ट्रिय करियरमा उनले आयरल्याण्डका लागि २ गोल गरेका थिए ।