एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले चेल्सीविरुद्धको खेल खेल्ने भएका छन् ।
रियलले च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज राति चेल्सीविरुद्ध खेल्दैछ ।
चेल्सीको घरेलु मैदानमा हुने दोस्रो लेगमा रामोस टिममा हुनेछन् ।
काल्फ इन्जुरीको कारण रामोसले मार्चबाट खेलेका छैनन् ।
तर, रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले रामोस फिट भएको टिममा फर्किएको बताएका छन् ।
'हामीले हाम्रो नेता र कप्तान पाएका छौँ । सर्जियो हामीसँग छ । यसको मतलब उनी खेलका लागि तयार छन्,' जिदानले भनेका छन् ।
सेमिफाइनलको पहिलो लेगमा रियलले चेल्सीसँग १-१ गोलको बराबरी खेलेको थियो ।
उक्त खेलमा ३५ वर्षीय रामोस थिएनन् ।