एजेन्सी । इटालियन क्लब रोमाले जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
रोमाले मंगलबार पोर्चुगिज प्रशिक्षक मोरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
मोरिन्होले सिरी 'ए' क्लब रोमासँग तीन वर्षको सम्झौता गरेका छन् ।
रोमाले पाउलो फोन्सेकाको स्थानमा मोरिन्होलाई मुख्य प्रशिक्षक चयन गरेको हो ।
पाउलो यस सिजनको अन्त्यसँगै रोमा छाड्ने छन् । मोरिन्होले नयाँ सिजनबाट रोमा सम्हाल्ने छन् ।
यस सिजन रोमा लिगको सातौं स्थानमा रहेको छ ।
५८ वर्षीय मोरिन्हो गत अप्रिल १९ मा प्रिमियर लिग क्लब टोटेनहमबाट बर्खास्तमा परेका थिए ।
क्लबले यस सिजन खराब प्रदर्शनलाई निरन्तरता दिएपछि टोटेनहमले मोरिन्होलाई बर्खास्त गरेको थियो ।
टोटेनहमले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको थियो ।