एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभिया पराजित भएको छ ।
सोमबार राति भएको खेलमा सेभियालाई एथ्लेटिक बिल्बाओले १-० ले हराएको हो ।
सेभिया घरेलु मैदानमै पराजित भएको हो ।
बिल्बाओलाई जित दिलाउन इनाकी विलियम्सले निर्णायक गोल गरे ।
खेलको ९० औं मिनेटमा विलियम्सले गोल गरेका थिए ।
यस जितसँगै बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ ।
बिल्बाओले ३४ खेलमा ४५ अंक जोडेको छ ।
सेभिया ७० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।