काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमकी सदस्य हिरा भुजेल र समिक्षा घिमिरेको सफल शल्यक्रिया गरिएको छ ।
ग्वार्कोको बी एण्ड बी अस्पतालमा मंगलबार हिरा र समिक्षाको सफल शल्यक्रिया गरिएको हो ।
हिरा राष्ट्रिय टोलीकी सदस्य हुन् भने समिक्षा नेपाल यू-१९ टोलीको सदस्य हुन् ।
दुबै खेलाडीले राष्ट्रिय महिला लिगको दौरान चोट बोकेकी थिइन् ।
हिरा एपीएफ क्लबबाट खेल्ने गर्छिन् । समिक्षा रौतहटबाट खेल्ने गर्छिन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्ट्राइकर सबित्रा भण्डारीको भने कतारमा शल्यक्रिया गर्ने तयारी गरेको छ ।