एजेन्सी । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा रियल बेटिससँग १-१ गोलको बराबरी खेल्दै एट्लेटिको शीर्ष स्थानमा फर्किएको हो ।
बेटिसको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको बराबरीमा रोकिएको हो ।
खेलको पाँचौ मिनेटमा यान्निक कारस्कोले गोल गर्दै एट्लेटिकोलाई १-० को अग्रता दिलाएका थिए ।
तर, खेलको २० औं मिनेटमा बेटिसका क्रिस्टियन टेलोले गोल गरेपछि एट्लेटिको १-१ गोलको बराबरीमा रोकिन बाध्य भयो ।
यस बराबरीसँगै एट्लेटिको रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लन भने सफल भएको छ ।
एट्लेटिकोले ३० खेलमा ६७ अंक जोडेको छ । रियलको ६६ अंक रहेको छ ।
रियल बेटिस ४७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।