एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
खेलको ७३ औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा नापोलीका लोरेन्जोले पेनाल्टीमा एक गोल फर्काएपनि युभेन्ट्स २-१ ले विजयी भयो ।
जितपछि युभेन्ट्सले २९ खेलमा ५९ अंक जोडेको छ । युभेन्ट्स लिगको तेस्रो स्थानमा रहेको छ ।
नापोली ५६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै शीर्ष स्थानको इन्टर मिलानले सासोउलोलाई २-१ ले नै हराएको छ ।
इन्टरको जितमा रोमेलु लुकाकु र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।
सासोउलोका हामेदले एक गोल फर्काए ।
इन्टरले २९ खेलमा ७१ अंक जोडेको छ । इन्टर उपाधि नजिक समेत पुगेको छ ।