एजेन्सी । एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले स्ट्राइकर रिचार्जिसनको स्टारडमबारे भविष्यवाणी गरेका छन् ।
एन्सेलोटीले रिचार्लिसनको भविष्यवाणी गर्दै उनी युरोपका उत्कृष्ट स्ट्राइकर मध्यका एक भएको समेत बताएका छन् ।
‘मलाई लाग्छ उनी युरोपका शीर्ष स्ट्राइकरहरु मध्य एक हुन सक्छन् । म विश्वस्त छु कि उनी शीर्ष स्थानमा पुग्न रिचार्लिसनसँग सबै प्रकारका गुणहरू छन् । उनी वास्तवमै पूर्ण छन्,’ उनले भने ।
प्रशिक्षक एन्सेलोटीले रिचार्लिसनलले आफ्नो टेक्निकल क्षमतामा सुधार गर्नु पर्ने बताए । एभर्टन च्याम्पियन्स लिगका लागि क्वालीफाई भए रिचार्लिसनका लागि एक उत्तम अनुभव हुने उनको भनाइ छ ।
आफ्नो कोचिङ्ग करियरमा युरोपका धेरै उत्कृष्ट खेलाडीहरूसँग काम गरिसकेका एन्सेलोटीले ब्राजिलियन स्ट्राइकर रिचार्लिसन आफ्नो करियरको शीर्ष लयमा पुग्न सक्षम रहेको बताए ।
आफ्नो मेहनतमा विश्वास गर्ने रिचार्लिसनलाई एन्सोलोटीले एक आधुनिक स्ट्राइकरको संज्ञा दिएका छन् ।
‘उनको फिजिल फिटनेस वास्तवमै एक मिडफिल्डर जस्तै उच्च छ । उनीसँग गति छ र बक्सभित्र साँच्चै चतुर छन्,’ प्रशिक्षक एन्सेलोटीले भने, ‘उनी गोलकिपर अगाडी हेडिङमा निकै क्निल र उत्कृष्टता छ ।’