एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले भिल्ला रियललाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले भिल्लालाई २-० गोल अन्तरले हराएको हो ।
भिल्लाको मैदानमा एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले एक गोल गरे ।
भिल्लाका अल्फन्सो पेड्राजाले एक आत्मघाती गोल गरे ।
खेलको २७ औं मिनेटमा अल्फन्सोको आत्मघाती गोलबाट एट्लेटिकोले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई २-० को सहज जित दिलाए ।
जितसँगै एट्लेटिकोले २४ खेलमा ५८ अंक जोडेको छ ।
एट्लेटिकोले लिगमा दोस्रो स्थानको बार्सिलोनाविरुद्ध ५ अंकको अग्रता बनाएको छ ।
दोस्रो स्थानको बार्सिलोनाको ५३ अंक रहेको छ ।
भिल्ला ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।