एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा युनाईटेड चेल्सीसँग गोलरहित बराबरीमा रोकिएको हो ।
चेल्सीको मैदानमा भएको खेलमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा युनाईटेडले अंक बाड्नु परेको हो ।
घरेलु मैदानमा चेल्सीले पनि केहि गोलको अवसर पाएको थियो । तर, चेल्सीका खेलाडीले मौकालाई सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै युनाईटेडले २६ खेलमा ५० अंक जोडेको छ ।
दोस्रो स्थानको युनाईटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले पछि रहेको छ ।
चेल्सी ४४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै क्रिस्टल प्यालेस र फुलहमले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।