एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले बर्नलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे ।
ह्यारी केन र लुकास मौराले एक एक गोल थपे ।
खेलको दोस्रो मिनेटमा बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको १५ औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
३१ औं मिनेटमा लुकासले गोल गरेपछि टोटेनहमले ३-० को अग्रता बनायो ।
त्यसपछि खेलको ५५ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ४-० को जित दिलाए ।
जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोडेको छ ।
टोटेनहम तालिकाको आठौं स्थानमा रहेको छ ।
बर्नली २८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।