एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकालेको छ ।
आइतबार साँझ भएको खेलमा आर्सनलले लेष्टर सिटीविरुद्ध ३-१ को जित निकालेको हो ।
लेष्टरको मैदानमा एक गोलले पछि परेपनि आर्सनलले पुनरागमन गर्दै जित निकालेको हो ।
खेलको छैटौं मिनेटमा युरी टेलीमन्सले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।
तर, ३९ औं मिनेटमा डेभिड लुइसले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा एलेक्स्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ५२ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए ।
जितसँगै आर्सनलले २६ खेलमा ३७ अंक जोडेको छ ।
आर्सनल लिगको दशौँ स्थानमा रहेको छ ।
लेष्टर ४९ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।