एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।
चेल्सीले स्पेनिस क्लब एट्लेटिकोसँग रोमानियाको नेसनल एरिनामा खेल्नेछ । चेल्सी र एट्लेटिकोबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
आज दुबै जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई टिमबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।
दुबै टिम पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । तर, दुबै टिमका लागि जित निकाल्न सहज भने छैन ।
प्रिमियर लिगमा चेल्सीले मध्यम प्रदर्शन गरिरहेको छ । ला लिगामा उत्कृष्ट प्रदर्शन गरिरहेको एट्लेटिको शीर्ष स्थानमा रहेको छ ।
दुई टिमबीचको हेड टु हेड बराबरीको अवस्थामा रहेको छ ।
दुबैले २/२ पटक जित निकाल्दा ३ खेलमा बराबरी खेलेका छन् । यस्तै दुबै टिमले एक अर्काविरुद्ध ११/११ गोल गरेका छन् ।
एट्लेटिको मड्रिड लगातार सातौं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो । चेल्सी भने २०१३/१४ को सिजनपछि पहिलो पटक नकआउट चरणमा पुगेको हो ।
एट्लेटिकोविरुद्ध चेल्सीका डिफेन्डर थियागो सिल्भाले चोटको कारण खेल्ने छैनन् । तर, काइ हर्भर्ट्ज र क्रिस्टियन पुलिसिचले खेल्ने सम्भावना रहेको छ ।
चेल्सीविरुद्ध एट्लेटिकोका जोसे जिमिनेज, यानिक कारस्को र हेक्टर हरेराले खेल्ने छैनन् ।
लुइस सुआरेज र जोआ फेलिक्सले सुरुवाती-११ मा खेल्ने छन् ।