एजेन्सी । साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज लाजियोसँग खेल्दैछ ।
बायर्नले इटालियन क्लब लाजियोसँग उसैको मैदानमा खेल्नेछ । बायर्न र लाजियोबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
रोममा घरेलु टिमविरुद्ध मैदान उत्रदा बायर्न सहज जितको खोजीमा हुनेछ ।
बायर्न पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
तर, घरेलु टिमविरुद्ध बायर्नलाई जित निकाल्न कठिन भने हुनेछ ।
लाजियो पनि घरेलु मैदानमा जित निकाल्दै क्वाटरफाइनल नजिक पुग्न चाहन्छ ।
तुलनात्मक रुपमा बायर्न बलियो टिमको रुपमा रहेको छ ।
जर्मन बुन्डेसलिगामा समेत बायर्नले लगातार उत्कृष्ट खेलिरहेको छ ।
च्याम्पियन्स लिगमा बायर्न पछिल्लो ५ अवे खेलमा अपराजित रहेको छ ।
यस्तै बायर्न लगातार १३ औं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो ।
लाजियो भने २१ वर्षपछि पहिलो पटक नकआउट चरणमा पुगेको हो ।
लाजियोले च्याम्पियन्स लिगमा अहिलेसम्म जर्मन क्लबसँग हार व्यहोरेको छैन ।
त्यो इतिहासलाई लाजियो कायम राख्न चाहन्छ ।
तर, बायर्न र लाजियो पहिलो पटक भिड्न लागेका हुन् ।
यस अघि दुई टिमबीच प्रतिस्पर्धा भएको छैन ।
लाजियोविरुद्ध बायर्नका थोमस मुलर खेल्ने छैनन् ।
कोरोना संक्रमणको कारण उनि सेल्फ आईसोलेसनमा रहेका छन् ।