काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत बाँकी रहेको खेलहरु आजबाट सुरु हुँदैछ ।
कोरोना भाईरसको महामारीको कारण स्थगित 'बी' लिग आजबाट फेरि सुरु हुन लागेको हो ।
कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो ।
पहिलो दिन आज लिगमा दुई खेल हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मध्यपुर र नयाँ बस्तिबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ ।
पुल्चोक र खुमलटारबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ ।
खेल तालिका :