एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ ।
आइतबार भएको चौंथो चरणमा लुटोन टाउनलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी पाँचौं चरणमा पुगेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहमले ह्याट्रिक गरे ।
लुटोनका लागि जोर्डन कार्ल्कले १ गोल फर्काए ।
खेलको ११ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
अब्राहमले १७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।
खेलको ३० औं मिनेटमा लुटोनका जोर्डनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा अब्राहमले ह्याट्रिक पुरा गर्दै चेल्सीलाई ३-१ को जित दिलाए ।
यस्तै खेलको ८६ औं मिनेटमा चेल्सीका टिमो वेर्नेरले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार लुटोनका गोलकिपर सिमोनले बचाएका थिए ।
चेल्सीले अब पाँचौं चरणमा बर्न्सलेविरुद्ध खेल्नेछ ।