काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले साविक विजेता एपीएफले विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले ३-० को अग्रता बनाएको छ ।
एपीएफका लागि सावित्रा भण्डारीले २ गोल गर्दा अनिता केसीले एक गोल गरेकी छिन् ।
खेलको नवौं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् ।
खेलको २६ औं मिनेटमा सावित्राले एकल प्रयासमा गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाईन ।
यस्तै खेलको ४२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ पहिलो हाफमा ३-० ले अघि रहेको छ ।
आज एपीएफ लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो ।
विराटनगर भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो ।