एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सेभियाले डिपोर्टिभो अल्भेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल्भेसको मैदानमा खेलको तेस्रो मिनेटमा युसुफ एन नेसेरीको गोलबाट सेभियाले अग्रता बनाएको थियो ।
खेलको १२ औं मिनेटमा मेन्डेजले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।
तर, खेलको ३० औं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई २-१ को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा अल्भेसले खेल बराबरी गर्ने मौका पाएको थियो ।
तर, उसका जोसेलुले पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यस्तै ८३ औं मिनेटमा सेभियाका नाभारोको गोलले मान्यता पाएन ।
जितसंगै सेभिया चौंथो स्थानमा उक्लिएको छ ।
सेभियाले ३३ अंक जोडेको छ ।
अल्भेस १८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।