चितवन । माडी-११ चितवनमा जारी माडी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा विरगंज युथ क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै माडी अन्तिम चारमा पुगेको हो ।
चितवनको माडी माबिको खेल मैदानमा माडीलाई जित दिलाउन रितेश क्षेत्रीले ५ गोल गरे । विरगंजका आदित्य शाक्यले एक गोल फर्काए ।
बसन्तपुर युनाईटेड क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्दा उपविजेताले १ लाख प्राप्त गर्ने छन् ।
यस्तै सर्वोकृष्ट खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, मिडफिल्डरले ५/५ हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ताले ७ हजार ५ सय प्राप्त गर्दा उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले ३ हजार ५ सय प्राप्त गर्ने छन् ।